प्रहरी समायोजन तत्काल टुंग्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं । प्रहरी समायोज तत्काल टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरु, मुख्य सचिव बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, प्रहरी प्रमुख बसन्तबहादुर कुँवरसहित सहभागी छलफलमा प्रचण्डले उक्त निर्देशन दिएका हुन्।

प्रहरी समायोजन नहुँदा प्रदेशहरुलाई काम गर्न अप्ठेरो परेको बताउँदै प्रधानमन्त्रीले तत्कालै समायोजन टुंग्याउन दिर्नेशन दिए। संघीय कानुन अहिलेसम्म पनि नबन्दा प्रहरी समायोजनले गति लिन नसकेको पनि उनले बताए ।

‘संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। यसैलाई बहाना बनाएर संघीयता विरोधीहरुले सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस्’, प्रचण्डले भने ।