बार्दली रेष्टुरेन्टको अवैध संरचनामा बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्टले बनाएको अवैध संरचनामा डोजर चलाएको छ ।
बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले बनाएको पर्खाल भत्काएको हो ।
सो ठाउँमा सडक साँघुरो हुँदा सवारी जाम हुने गरेको थियो । यस अघि पनि महानगरले सो रेष्टुरेन्टको संरचना भत्काएको थियो ।