सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिने विषयमा अझै अनिश्चित रहेको बताएका छन्।
सत्ता साझेदार दल नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त रहेकोले केही ढिलाइ भएको बताएका हुन् ।
‘उहाँहरूको पार्टीको कुरा मलाई थाहा भएन, उहाँहरू कहाँ हुनुहुन्छ, अस्ति प्रदेशसभा बैठकमा ४ जना आउनुभयो,’ शुक्रवार पत्रकार भेटघाटमा क्रममा उनले भने ।
आफू काठमाडौं जाँदा सामान्य छलफल भएको बताउँदै कँडेलले एमाले–कांग्रेसको सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने बताए ।































