सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले आज राजिनामा दिने भएका छन् । कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाउने भएका हुन ।
माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक तथा उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियारले आज राजीनामा पत्र बुझाउने बताए ।
कर्णालीमा माओवादीबाट चार जना मन्त्री सहभागी छन्। महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वत तथा वातावरण मन्त्री र वीरबहादुर शाही सामाजिक विकास मन्त्री छन्।
यसअघिसम्म कर्णालीमा माओवादीले केन्द्रमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिनसम्म कुरेको थियो।
प्रचण्डले विश्वासको मत नपाएपछि मन्त्रीबाट राजीनामा दिने तयारी गरेपछि मुख्यमन्त्री र दलका नेता प्रदेशमा नभएपछि अड्किएको थियो।
मुख्यमन्त्री यामलाल कँडेले शुक्रबार सुर्खेत आएका छन्। मुख्यमन्त्री कँडेलको नेतृत्वमा कर्णाली प्रदेश सरकारमा
यसअघि केन्द्रमा माओवादी र एमालेबीच दोस्रोपटक गठबन्धन हुँदा कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनेको थियो।
कर्णाली सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार निर्माण हुनेछ। हाल एमालेबाट मुख्यमन्त्री रहेका कँडेलकै नेतृत्वमा केही समय नेपाली कांग्रेस सरकारमा जानेछ।































