जिप दुर्घटना हुँदा शोकमा डुब्यो अदानचुली

सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका ४ मा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार पाम्सामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु र पाँचजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार मृत्यु हुनेमा स्थानीय प्रवेश ऐडी र फागुने लुवार रहेका छन् ।
दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको हो ।

जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा चालक दार्चुलाका जनक ठगुन्ना, हुम्लाका धनबहादुर महतरा, ६० वर्षीय तुला टमाटा, ४५ वर्षीय दल बोहरा र रामबहादुर एडी छन्। अदानचुली गाउँपालिकाकै ३८ वर्षीय चैती बुढा र खगेन्द्र टमाटा सामान्य घाइते छन्। उनीहरू दुवैजना बोल्न सक्ने अवस्थामा छन्।

उक्त जिपमा चालकसहित नौ जना सवार थिए।

सु प ०१००१ नम्बरको गाडी शानिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको थियो । उनका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । सिंगो गाउँपालिका शोकमा डुबेको छ ।