हुम्ला । जिल्लाको दुर्गम ताँजाकोट गाउँपालिकामा फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टावर निर्माणको लामो समयपछि सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको हो ।
नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नति कार्यलाई तिब्रता दिइएको जनाएको छ ।
मंगलबारदेखि गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष लालकेश जैशीले बताए । उनका अनुसार बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालनमा आएको बताए ।
ताँजकोट–१ जिमानाको लेकमा फोरजी टावर राखिएको छ । यसले अदानचुली गाउँपालिका, मुगु र बाजुराका समेत काम गर्ने पालिकाले जनाएको छ ।
‘फोरजी सेवासँगै स्थानियमा इन्टरनेट र टेलिफोनको पुगेको छ । अब स्थानिय तह लगायत नागरिकलाई दैनिक कार्य सम्पादन गर्न सहज भएको छ,’ अध्यक्ष जैशीले कर्णाली बुलेटिनसँग भने ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयसँगको समन्वय पश्चात फाष्टट्राकमा यसको काम सुरु गरेको अध्यक्ष जैशीले बताए । गाउँ सुचनाको पहुँचमा पुगेको पनि उनले बताए ।
जैशीका अनुसार पालिकाका पाँच वटै वडा कार्यालयमा फोरजी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । पालिकाबाट प्रवाह हुने अनलाइन सेवा, बैंकको कामकाज छिटोछरितो हुने उनले बताए ।































