काठमाडौं । युवा व्यवसायी तथा नेपाली कांग्रेस भातृ संगठन नेविसंघ हुम्ला नेता खेम खड्काले दुई विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । करिब २६० जना विद्यार्थीहरुलाई ५० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन ।
खड्काका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका– १ मा रहेको भानुभक्त आधारभूत विद्यालय गोप्काका २ सय र मोतिराम आधारभूत विद्यालय देउखुरीका ६० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
आफै विद्यालयमा पुगि शैक्षिक सामग्री हस्तान्तरण गरेको उनले बताए । शैक्षिक सामग्री अन्तर्गत कापी, कलम, पेन्सिल लगायत वितरण भएको खड्काले जानकारी दिए । भानुभक्त आधारभूत विद्यालयका प्रधानध्यापक पूर्ण बुढाले विद्यार्थीहरुले पाएको शैक्षिक सामग्रीले राहत मिलेको बताए । उनले विद्यार्थीहरुको मनोबल उच्च हुनुका साथै विद्यार्थीहरु खुसि भएको बताए ।
आफ्नो गाउँप्रति सहानुभूति र माया देखाएको भन्दै खड्काको प्रसंशा भएको थियो ।

































