काठमाडौं । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जनाएको छ ।
आज वर्षा तथा हिमपातको सम्भावना छैन ।
देशभरको तापक्रम घट्ने क्रम बढेसँगै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।































