काठमाडौं । भारतीय चर्चित गीत ‘गुलाबी सरर’मा कांग्रेस नेतृ आरजु राणा देउवाले गरेको डान्स भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
छोरा जयवीरको विवाहको पूर्वसन्ध्यामा आयोजित जमघटमा आरजुले गरेको डान्स भिडियो भाइरल बनेको हो ।
उक्त हिट गीतसँगै अन्य केही गीतमा समेत आरजुसहितका सहभागीले छमछमी नाचेको देख्न सकिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आरजुले नाचेको भिडियो सेयर गर्दै उनको नृत्यकलाको प्रशंसा गरेका छन् ।
आरजु र कांग्रेस सभापति शेरबहादुर देउवाका एक्ला छोरा जयवीरले आइतबार कभर गायिका शिवाना श्रेष्ठसँग विवाह गरेका थिए ।
खासगरी आकर्षक डान्स स्टेपमा आरजुले नाचेकी छन् । सोल्टी होटलमा आयोजित उक्त जमघटमा आरजुले नाच्दै रमाइलो पनि गरेकी थिइन् । फेसबुक र इन्स्टाग्रामको रिल्सदेखि टिकटकमा आरजुको नृत्यको भिडियो भाइरल बनेको छ ।




























