काठमाडौं । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रम मंसिर २३ गते सम्पन्न गरेको छ । मानव अधिकार दिवस १० डिसेम्बरको अवसरमा यस्तो कार्यक्रम सम्पन्न गरेको हो ।शान्ति समाज काठमाडौं शाखाका सभापति भगवान पुडासैनीका अनुसार गत मंसिर १७ गते अपांगता भएकाहरुका लागि गोकर्णेश्वरस्थित स्वस्थ्य समाज नेपालमा आश्रयरत बौद्धिक अपांगता भएका व्यक्तिहरुका लागि खाद्यान्न वितरण गरेको थियो।

सो अवसरमा आयोजित प्रभातफेरीमा समेत शान्ति समाज काठमाडौं शाखाको तर्फबाट सहभागिता जनाईएको थियो । गत मंसिर १८ गते मानव अधिकार दिवसका अवसरमा गोकर्णेश्वर ६ स्थित लर्डस लाईट स्कूलमा अध्ययनरत १२५ भन्दा बढी बिद्यार्थीहरुलाई विश्वब्यापी उष्णतालाई कमी गर्ने उपायका बारेमा चर्चा गरिएको थियो भने लागू औषध दुव्र्यसन बारेमा समेत बिद्यार्थी माझ विशेष छलफल गरिएको थियो ।

यसैगरि मंसिर १९ गते विश्व स्वयंसेवक दिवसका अवसरमा शाखाको तर्फबाट वाग्मती सफाई गर्नुका साथै वृक्षरोपण र असहाय गाईबाछालाई भोजन खुवाउने काम समेत सम्पन्न भएको थियो । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत गत मंसिर २० गते कागेश्वरी मनोहरा, मुलपानीस्थित बाल गिताञ्ली माबिका कक्षा ९ र १० मा अध्ययनरत १२५ विद्यार्थीहरुका लागि विशेष चेनामुलक कार्यक्रम संचालन गरिएको थियो ।

मंसिर २१ गते भ्रष्टाचार बिरुद्ध अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा भ्रष्ट्राचार अन्त्यका लागि सामाजिक दायित्व विषयमा विशेष अन्तरक्रिया कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, समाजसेवी, नागरिक समाजका प्रतिनिधि, पत्रकार, शिक्षक लगायतका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसै सन्दर्भमा २०८० मंसिर २२ गते सेलिब्रशेन कोएडमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुका लागि १ घण्टा लामो विशेष कक्षा संचालनगरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरु माझ मनोबैज्ञानिक तवरमा लागू औषध दुव्र्यसन र सफाई अभियानका बारेमा जानकारी गराईएको थियो ।

































