हिमालयन रिइन्स्योरेन्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको छ । उक्त कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ ल्याएको हो ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो ।