काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा सर्किट बे्रक भएको हो ।
मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको छ । २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।
अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन्।































