रामबहादुर बम्जनको घरमा भेटिएको पैसाको चाङ

काठमाडौं । रामबहादुर बम्जन उर्फ लिटिल बुद्धको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको हो ।

पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका

सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप बम्जनमाथि छ । त्यसपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मार्नेक्रममा उनले २ तला माथिबाट हामफालेका थिए । तर भाग्न प्रयास सफल हुन सकेनन् ।