काठमाडौं । नायक पल शाहविरुद्धको बलात्कार मुद्धामा सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ । उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने र फैसला दोहोर्याउन सर्वोच्चले निस्सा प्राप्त गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।
सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।
नाबालिग बलात्कारको अभियोग लागेका पलको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।
































