काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन । ।
भोली बुधबारदेखि लागु हुने गरी राजिनामा बुझाएको मन्त्रालयले जनाएको छ ।
सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरेर राजिनामा दिएका हुन ।
































