काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपिन जोशीको परिवारलाई भेटेका छन् । इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिनका परिवारलाई बिहान कैलालीको धनगढी विमानस्थलमा भेटेका हुन ।
भेटमा विपिनका परिवारले विपिनलाई छिटो उद्धार गरिदिन आग्रह गरेका थिए । प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।
गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।
































