काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न समिति गठन गरिएको छ ।
आज भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन कार्यालयले जनाएको छ ।
सो समितिमा भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना रहेको छन् ।
गएराति ११ः४० बजे भन्सार विभागको टोलीले सुननसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो ।






























