काठमाडौं । नेपालमा पहिलो पटक एक समलिंगी जोडीको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार विवाह दर्ता गरेको हो ।
लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदनबाट खुलेको छ ।
अधिकारकर्मी सुनिलबाबु पन्तका अनुसार यो समलिंगी विवाह नेपालकै पहिलो हो ।
































