रास्वपाको संसदीय दलको उपनेतामा बिराजभक्त श्रेष्ठ,सहमहामन्त्रीमा सुमना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठलाई चयन गरेको छ।

महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै सहमहामन्त्रीमा विपिन आचार्य ,सुमना श्रेष्ठ र कविन्द्र बुर्लाकोटी कोषाध्यक्षमा लिमा अधिकारी,सहकोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ।