काठमाडौं । मंगलबार सुदुरपश्चिम प्रदेशमा समाजवादी मोर्चाको सन्देश सभा हुने भएको छ ।
यसअघि धनगढीमा स्थगित भएको सन्देशसभा भोलि मंगलबार हुने भएको हो ।
भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चामा रहेका दलहरुबीच विवाद उत्पन्न भएपछि सन्देश सभा अनिश्चितकालका लागि स्थगित भएको थियो ।
गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।
मोर्चाको सन्देश सभा आज विराटनगरमा भइरहेको छ ।
































