काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको विवाद मिलेको छ ।
करिब दुईवर्षदेखिको विवाद समाधान भएको विद्यार्थी इन्चार्ज हिमाल शर्माले बताए ।
विवाद समाधानमा जनवर्गीय संगठन इन्चार्ज पम्फा भुसाल,उपमहासचिव वर्षमान पुन,विद्यार्थी इन्चार्ज हिमाल शर्मालगायतका नेताहरुको सहभागिता थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा विवाद समाधान भएको थियो ।
पवन कार्की नेतृत्वको समानान्तर समिति पनि महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित भएको छ ।रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्यहरु सबै पदाधिकारी बन्ने र अहिलेका पदाधिकारी कायमै रहने गरी महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ ।
पन्चा सिंहकै नेतृत्वको आयोजक कमिटीमा करिब २ सय पदाधिकारी र त्यसको तेब्बर अर्थात् ६ सय सदस्यभन्दा बढी रहेको आयोजक कमिटी बन्ने भएको छ ।
हाल ४१ पदाधिकारी रहेकोमा रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्य पदाधिकारी बन्दा यो संख्या ठूलो हुनेछ ।































