स्रोत नखुलेको २६ लाख रकमसहित नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत पक्राउ, अर्का कर्मचारी फरार

काठमाडौं । स्रोत नखुलेको २६ लाख रकमसहित नेपालगञ्ज विमानस्थलबाट आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थलभित्र सुरक्षाकर्मीले चेकजाँचका क्रममा सोधपुछ थालेको थियो ।सोही क्रममा सापकोटासँगै रहेका अर्का कर्मचारी दीपक पौडेल फरार भएका छन् । पक्राउ परेका कर अधिकृतलाई अख्तियारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

फरार कर्मचारीकोे खोजीकार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।
सोमबार विहान ७ बजे विमानस्थलबाट श्री एयरलायन्सको जहाजबाट कर अधिकृत काठमाडौं आउन लागेका थिए ।