जन्मदिनमा अपांग बालबालिकालाई छात्रवृत्ति

सिमकोट । पूर्वाधार विकास कार्यालय हुम्लाका लेखा अधिकृत नवीन शाहीले आफ्नो जन्मदिनका अवसरमा अपांग बालबालिकालाइ छात्रवृत्ति दिएका छन् ।

जिल्लाको हेड नेपाल संस्थाद्धारा सञ्चालित हेड सक्षम गृहका छ जना बालबालिकालाई छात्रवृत्ति दिएका हुन् ।

विगत लामो समयदेखि शाही सामाजिक सेवामा तल्लिन छन् । जन्मदिनमा मात्रै नभई आफू कतै आवतजावत गर्दा पनि समस्यामा परेका नागरिकलाई सेवा गर्दै आएका छन् ।

शाहीले केही महिना पहिले एकजना सुत्केरीलाई उद्धार गरी नेपालगञ्जमा उपचार गरेका थिए ।

शाहीका अनुसार सो संस्थामा अध्ययनरत उत्कृष्ट अकं ल्याउने कविता रोकायालाई ११ हजार १ सय ११, दलबहादुर बुढालाई ७ हजार ७७७ रूपैया छात्रवृत्ति हस्तान्तरण गरिएको छ ।

त्यस्तै गत वर्ष कक्षा ३ का योगेन्द रोकायालाई ११ हजार १११, कक्षा ३ मा अध्ययनरत युवराज फडेरालाई ७ हजार ७७७ र कक्षा ५ मा अध्ययनरत बुढालाई ५ हजार ५५५ रकम छात्रवृत्ति दिएका थिए ।

सरकारी सेवामा मात्रै नभइ शाही अस्पतालतमा उपचाररत विरामी, विपन्न परिवारका नागरिक, फरक क्षमता भएका बालबालिकालाई छात्रवृत्ति लगायतका सेवामा पनि उत्तिकै कटिबद्ध छन् ।