काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं २ गोल्चेका वडा कार्यलय बाढी पहिरोबाट उच्च जोखिममा रहेका छन् ।
गएराति आएको भीषम पानीले कार्यलयको माथिल्लो भागमा लेदो आएको छ ।
बाढी पहिरोबाट उच्च जोखिममा रहे पनि पुर्ण रूपमा क्षति नपुर्याएको वडा अध्यक्ष चन्द्रकाजी लामाले बताए ।
“अविरल वर्षाका कारण बाढीले भौतिक पुर्वाधारमा क्षति नगरे त पनि माथिल्लो गोल्चे जाने गोरेटो बाटो अबरुद्ध भएको छ ।” उनले भने
कार्यलय छेउमै रहेको खोल्सामा आएको पहिरोसहितको गेग्रान र लेदोको उच्च जोखिममा रहेका छन्। उक्त पहिरोबाट सचेत रहनका लागी वडा कार्यालयको कर्मचारीलाई आग्रह गरेको बताएका छन् ।































