काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथिको अनुसन्धान सुरु गरेको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा जोडिएका चौधरीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको खुलेपछि यसअघि विनोद चौधरीका भाइ अरुण कुमार चौधरीलाई सीआईबीले पक्राउ गरेको थियो ।
पछि अदालतले उनलाई थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने आदेश गरेपछि उनी थुनामुक्त भएका थिए ।





























