काठमाडौं । धनगढीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको उपाधि हात पारेको छ ।
शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।
धनगढी उपविजेता बनेको छ । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले पहिलो गोल गरेर अग्रता दिएका थिए । त्यसपछि भने लगातार तीन गोल खायो ।
खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।


























