नेविसंघ मुगुद्धारा रारा ताल सरसफाइ

मुगु । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति मुगुले रारा ताल सरसफाइ कार्यक्रम सुरु गरेको छ । ग्रीन रारा क्लिन रारा भन्ने मुल नाराका साथ नेविसंघ मुगुले रारा ताल सरसफाई कार्यक्रम सुरु गरेको हो ।

शनिबारको सरसफाइ कार्यक्रममा नेविसंघ केन्द्रित सदस्य दिपक रावल शिवराज डागर, कार्यवाहक अध्यक्ष बालचन्द्र कार्की स्ववियु सभापति राज तामाङ्ग, उपसभापति रामराज मल्ल लगायतका विद्यार्थी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
मुगु जिल्लामा पर्ने नेपालकै पर्यटकीय क्षेत्र रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थाले संगै फोहरको समस्या पनि बढ्न थालेकोले सरसफाई कार्यक्रम सुरु गरिएको बताइएको छ ।
महिनाको हरेक शनिबार रारा सरसफाइ गर्नेछ ।