काठमाडौं । जनकपुरकी आरती शाह मृत्यु प्रकरणमा हत्या आरोपी श्रीमान मोतीबावु पक्राउ परेका छन् । जनकपुरधाम सीताचोकस्थित सगुन होटलबाट पक्राउ परेका हुन ।
गत मंसिर २० गते उनलाई पक्राउ गर्न सर्वोच्चले पुनः आदेश जारी गरेबमोजिम पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जेठ ७ मा श्रीमती आरती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन । आरतीका माइतीले श्रीमान देवर लगायतले हत्या गरेको आरोप लगाउँदै आएको छ । माइती पक्षले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालत धनुषाले थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालतले छोड्न आदेश दिएको थियो ।
































