सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्धा बुधबार सुनुवाइ गरिने

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बुधबार सुनुवाइ गर्ने भएको छ । जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको हो ।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।
सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।