काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार किस्चियन धर्मका विषयमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।
किरातीले त्रिश्चियन मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।
उनले भनेको छन, ‘कसैको दायामायाले होइन, हजारौँ सहिदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरू एकथरि फूल हो । तपाईंहरूबिना बगैँचाको शोभा हुँदैन । तीन करोड नेपालीमा लाखौँ क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो ।’
यही अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि किरातीले सामाजिक सञ्जाल फेसबुमा प्रतिक्रिया दिएका छन् ।
‘फेरि पनि भन्छु, अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो,’ बिहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिस्टियनको कार्यक्रममा जाँदा क्रिस्टियन भने भन्दै प्रतिक्रिया दिएका छन्
।
































