दक्षिण अफ्रिकाविरूद्ध नेपालको उत्कृष्ट प्रदर्शन ११६ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ पावर प्लेमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य लिएको छन् । नेपालले ६ ओभरको खेल समाप्त हुँदा विकेट नगुमाई ३२ रन बनाए ।

हाल क्रिजमा नेपालका आसिफ सेख १४ र कुशल भुर्तेल १२ रनमा खेलिरहेका छन् ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको हुन् ।