नेपाल सुपर लिगको विजेतालाई ७० लाख रुपैयाँ नगद दिने घोषणा

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि विजेतालाई ७० लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिले यस्तो घोषणा गरेको हो । बुधबार पहिलो संस्करणको तुलनामा पुरस्कार रकममा शतप्रतिशत वृद्धि गरेको घोषणा जनाएको छ ।

यसपटकको विजेताले ७० लाख रुपैयाँ पाउने छन् । यस्तै उपविजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख, शीर्ष गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलकिपर र प्रतियोगिताको उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

धनगढी एफसी एनएसएलको फाइनलमा पुगिसकेको छ । भोलि बिहीबार हुने पोखरा थन्डर्स र ललितपुर सिटीबीचको खेलको विजेता फाइनलमा पुग्ने छ ।

पहिलो संस्करणको विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको थियो ।