काठमाडौं । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २०८० साउन १२ गते शनिबार काठमाडौंको जोरपाटी स्थित सिजलर क्याफे, अघौतेश्वर महादेव मन्दिर, बाहुनधारा, जोरपाटीमा २७ औँ जिल्ला साधारण सभा हुने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल कांग्रेसका महामन्त्री तथा सासद विश्वप्रकाश शर्मा र मानव अधिकार तथा शान्ति समाजका सस्थापक सभापति कृष्ण पहाडीको समपस्थितिमा हुनेछ ।
शान्ति समाज काठमाडौं शाखाको गत असार २० गते बसेको जिल्ला कार्यसमितिको बैठकले काठामाडौं शाखाको २७ औँ जिल्ला साधारण सभा आगामी साउन १२ गते शनिबार गर्ने निणर्य गरेका थियो ।
काठमाडौं जिल्ला कार्यसमितिको अघिल्लो वर्ष निवार्चन भएर कार्यसमिति चयन भएको थियो । सो साधारणसभाबाट भगवान पुडासैनीको नेतृत्वमा २०८२ साउन सम्मका लागि नेतृत्व चयन भएको थियो ।
मानव अधिकार तथा शान्ति समाजको काठमाडौं जिल्लाको आजिवन सदस्य ५२० जना रहेका छन् भने शान्ति समाज काठमाडौं शाखा सबैभन्दा बढी आजिवन सदस्य भएको जिल्ला पनि भएको काठमाडौं जिल्ला सभापति भगवान पुडासैनीले बताए ।
जोरपाटीको सिजलर क्याफेमा बिहान ८ बजेदेखी सुरु हुने साधारणसभामा काठमाडौ जिल्लाका आजिवन सदस्य, सदस्य, शुभचिन्तक सम्पूर्णलाई उत्त साधारणसभामा उपस्थित हुनका लागि सभापति भगवान पुडासैनीले अनुरोध गरेका छन् ।
कार्यक्रममा विभिन्न राजनीति दलका सांसद, स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज, स्थानीय सघ सस्था, स्थानीय व्यक्ति लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेन पुडासैनीले बताए ।































