जाजरकोटका भुकम्पपिडितलाई एभिएस स्कुलले वितरण गर्यो शैक्षिक सामग्री

जाजरकोट । काठमाडौं तिनकुनेस्थित गैरीगाउँमा रहेको एभिएस स्कुलले जाजरकोट भुकम्पपिडितलाई राहत र शैक्षिक सामग्री सहयोग गरेका छन । जाजरकोटका तीन सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

एभिएस स्कुलका संयोजाक सुरेन्द्र कुमार यादवका अनुसार भेरी नगरपालिका १ मा रहेका श्री भेरी त्रिवेणी माध्यमिक विद्यालय, श्री शिव माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय लगायतका विद्यालयमा २ लाख ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

‘शैक्षिक सामग्री अन्तर्गत कपडा,कापी,कलम, पेन्सिल लगायत वितरण गरेको छ । अन्य कपडा, ब्लाङ्केट र चाउचाउहरु वितरण गरेको हो,’ उनले भने, ‘विद्यालयमा विद्यार्थीहरुलाई पढ्न, लेख्न र बस्ने ठाउँ छैन । विद्यार्थीहरु जाडो मौसममा पनि बाहिर बसेर पढ्न बाध्य छन् ।’

केही विद्यालयहरुमा भने स्थानीय सरकार तथा विभिन्न संघ संस्थाका सहयोगमा जस्ताका टहरा बनाएको जानकारी दिए । सहयोगका लागि एभिएस स्कुलका शिक्षक पुष्पराज संज्याल, विष्णु विष्ट लगायका टिम गएर सहयोग गरेको उनले बताए ।