हेटौंडा । मकवानपुरको हेटौंडा लामसुरेधापमा रहेको मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ । फरक फरक समयमा बेवारिसे अवस्थामा सडकबाट उद्धार गरिएका दुई जनाएको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विंस २०७६ मा बागलुङको सडक पेटीबाट उद्धार गरिएकी अन्दाजी १९ वर्षकी पूजा मानव र गत असार २७ गते मकवानपुरको बकैया हात्तिसुँडेस्थित बाटोबाट उद्धार गरिएका २५ वर्षीय अमित विकको मृत्यु हो ।
प्रहरीका अनुसार मंगलबार पुजा र बिहीबार विहान अमितको मृत्यु भएको हो । मृतक दुबै जनालाई उद्धार गर्ने बेला नै दयनीय अवस्था रहेको बताइएको छ ।
































