जाजरकोटमा भुकम्प पिडितका लागि तरुण दलले बनायो ७२ टहरा

काठमाडौं । नेपाल तरुण दलको टोलीले जाजरकोटमा भूकम्प पिडितहरुका लागि ७२ वटा अस्थायी टहरा बनाएको छ । जाजरकोटको भेरी नगरपालिका १, ३ र ४ को रिम्ना, पिपे, राउत गाउँ र खलंगामा गरी ७२ वटा अस्थायी आवास निर्माण गरेको हो ।
गरी दलको ५० जनाको समूह फर्किएको तरुण दलले जनाएको छ ।

पुनर्निर्माण अभियानअन्तर्गतको ९ दिनमा सो टहरा तयार गरिएको हो ।अध्यक्ष विद्वान गुरुङ नेतृत्वको टोलीले सो संरचना बनाएर फर्किएको छ ।