रिहा भएनन पूर्वगृहमन्त्री बालकृष्ण खाँण

काठमाडौं । आज उच्च अदालत पाटनको सुनुवाइमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहाइ भएनन । न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा नभएका हुन ।

अब दुई जना न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशले मुद्दा हेर्ने भएका छन् । दुई न्यायाधीशको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले दुईमध्ये जसको रायलाई सदर गर्नेछन् त्यही नै बालकृष्ण खाँणको हकमा लागु हुने अदालतले जनाएको छ ।