ने.क.पा (माओवादी केन्द्र) सर्केगाड गाँउकमिटिको कति छ ऋृण ?

सर्केगाड, हुम्ला। नेकपा माओवादी केन्द्र सर्केगाड गा.पा कमिटको विस्तारित बैठक आज पार्टी कार्यालय सर्केगाडमा सम्पन्न भएको थियो । बैठकमा जिल्ला पार्टी संयोजक दिपेन्द्र रोकाया , अधिवेशन ईन्चार्ज शुस्मिता शाही लगायत नेताहरू उपस्थित थिए।बैठकमा चर्को रूपमा संगठनको ऋण बढ्दै गएको र नेताहरू ऋण घटाउन भन्दा झन् बढाउदै गरेको भन्दै सबै वडाका प्रतिनिधिहरूले आपत्ति जनाए। उपनिर्वाचनमा उपाध्यक्ष पद जितायौँ तर चुनावको आय र दायित्व अझै सार्वजनिक गरिएको छैन भन्दै एउटा वडाका ईन्जार्जले हामीसँग जानकारी गराए। आखिर कति छ त गाउकमिटिको ऋण, आय र व्याय को अवस्था, सर्केगाड गाउकमिटीले आगामी चैत ०२ गते अधिवेशनको उद्घघाटन सत्रमा पेश गर्नेछ।