दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्।

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५८ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंश नाशको छानबिन हुने बताएका हुन्।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका थिए ।