काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको छ।
जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला सुनसरी, अन्यबाट पर्शुराम अधिकारी भोजपुर, मधेशमा महिलाबाट उषादेवी थरुनी पर्सा, अन्यबाट डा.अर्जुनकुमार सिंह राजपुत महोत्तरी, बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं दोलखा, अन्यबाट त्रिलोचन निर्मल पौडेल चितवन, अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा काठमाडौं, दलितबाट धु्रवराज विश्वकर्मा धादिङ, गण्डकीमा महिलाबाट सम्झना देवकोटा गोरखा, अन्यबाट चक्रबहादुर पराजुली स्याङ्जा, अपाङ्गता÷अल्पसंख्यकबाट हेमन्द्र शेरचन मुस्ताङ, लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी दाङ, अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री पाल्पा, कर्णालीमा महिलाबाट विमलाकुमारी शाही हुम्ला, अन्यबाट डिल्लीप्रसाद भट्ट मुगु, दलितबाट हिक्मत विक दैलेख, सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे कैलाली, अन्यबाट ईश्वरीप्रसाद खरेल कञ्चनपुर र अपाङ्गता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी कैलालीबाट रहेका छन् ।
आगामी माघ ११ गते निर्वाचन हुदैछ ।































