काठमाडौं । सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटबारे सहमति भएको छ । १९ पदका निम्ति दलहरूबीच भागबन्डाको सहमति भएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी जसपाले एक सिट पाउने तय भएको छ । क्लष्टरको विषय भने केही घण्टाभित्र टुंगो लाग्ने बताइएको छ ।































