म साँच्चै क्रमभंग गर्दैछु, जनताको साथ पाउनेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्। शुक्रबार सुनसरीमा इनरुवा सबस्टेसन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै फेरि अर्को क्रमभंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।

प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेको र दोस्रो वर्षको सुरुमै नयाँ धक्का दिएर सुरु गर्ने बताएका हुन । ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने।