काठमाडौं । घोडाघोडी नगरपालिकामा नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरु भएको छ । नगरपालिका १० वटा वडामा एकैसाथ अभियान शुरु भएको हो ।
नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य जगत पार्कीले अभियानको उद्घाटन गरेका छन भने अन्य वडाहरुमा वडा इन्चार्जहरुले उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै पार्कीले अभियानले आजको नयाँ युगको नेतृत्व तयार पार्ने विश्वास माओवादी केन्द्रले लिएको बताए ।
जनताको व्यवस्था बदलिए पनि अवस्था नबलिएकोले अब अवस्था बदल्न माओवादी लागेको समेत उनको भनाइ रहेको थियो । साथै अभियानमा संगठन विस्तार, सदस्यता वितरण तथा नवीकरण, छलफल, बैठक, जनभेटघाट लगायतका गतिविधि सञ्चालन हुने इन्चार्ज पार्कीको भनाइ छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकोले अब अबस्था परिवर्तन गर्नको लागि जनता सङ्गै बसेर काम गर्नु पर्ने वास्तविक जनताको समस्या बुझेर अगाडि बढ्ने अभियान रहेको छ ।
गृहमन्त्री नारायण काजी श्रेष्ठले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय काम गरेको अभियानमा भनिएको छ । मन्त्री श्रेष्ठले राम्रो काम गर्दा केहि अराजक ब्यक्तिले सरकार कमजोर बनाउन लागेको भन्दै यसबारे जनतामा रहेको भ्रम चिर्न घोडाघोडी नगरपालिका लागि पर्ने सहभागिहरुले बताएका छन् ।
माओवादीले अभियानलाई सफल बनाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ‘प्रचण्ड’सहित सरकार तथा अन्य जिम्मेवारीमा रहेका सबै पदाधिकारीले कम्तीमा एक÷एक वडाको जिम्मेवारी लिनुपर्ने नीति लिएको छ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ।
तीन महीनासम्म सञ्चालन हुने अभियानमा घोडाघोडीका जनता र मतदातासँग प्रत्यक्ष संवाद गर्ने र केही सदस्यता बनाउने मुख्य उद्देश्य राखिएको छ । अभियानको क्रममा पहिलो चरणमा जनता सँग संवाद गरी समस्या पहिचान र समस्या समाधानको बारे छलफल भएको थियो ।































