काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले मैसिर २० गते राजिनामा दिएका हुन ।
तर उनको राजिनामा स्वीकृत भइसकेको भने छैन । प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।































