टिकटक नियमन गरेर विस्तारै खोल्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग यस्तो बताएका हुन ।
उनका अनुसार सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक छ । ‘टिकटक नियमनमा राखेर विस्तारै खोल्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।