कर्णाली बुलेटिनमा संवाददाताको आवश्यकता!

कर्णाली बुलेटिनमा संवाददाताको आवश्यकता!

कर्णाली प्रदेशका सबै जिल्लाहरूमा स्थलगत रिपोर्टिङ गर्न सक्ने  संवाददाता (Stringer Reporters) आवश्यक छन्।

पद: संवाददाता (Stringer Reporter)

स्थान: कर्णाली प्रदेशका सबै जिल्ला

संख्या: प्रत्येक जिल्लाबाट कम्तीमा १ जना

योग्यता:

• स्थानीय समाचार संकलन, रिपोर्टिङ र लेखनमा रुचि राख्ने

• पत्रकारिता, सञ्चार, वा सम्बन्धित क्षेत्रमा अनुभव वा रुचि

• स्थानीय मुद्दाहरू, संस्कृति र जनजीवनबारे राम्रो ज्ञान भएको

• डिजिटल मिडिया, मोबाइल रिपोर्टिङ तथा फोटो/भिडियो कभर गर्नसक्ने क्षमता भएको

जिम्मेवारीहरू:

• स्थानीय घटनाहरू, सामाजिक मुद्दा, विकास गतिविधिहरू रिपोर्टिङ गर्ने

• समाचार लेखन, अन्तर्वार्ता तथा प्रत्यक्ष रिपोर्टिङ गर्ने

• आवश्यक सामग्री (फोटो, भिडियो) संकलन र सम्प्रेषण गर्ने

बिशेष प्राथमिकता:

• कर्णालीका स्थानीय बासिन्दा

• पत्रकारिता सम्बन्धी पूर्व अनुभव भएका

• डिजिटल पत्रकारितामा रुचि राख्ने

आवेदन दिने तरिका:

ईच्छुक उम्मेदवारले आफ्नो बायोडाटा (CV) र छोटो आवेदनपत्र karnalibulletin@gmail.com मा पठाउनुहोस्।

समाजका महत्त्वपूर्ण मुद्दाहरू उजागर गर्न तपाईंको सहभागिता जरुरी छ!

कर्णाली बुलेटिन