काठमाडौं । काठमाडौंको नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ।
शंकरापुर नगरपालिका-५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।
चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
‘अहिले प्रहरी उद्धारमा खटिएको छ। बाँकी विवरण आउँन बाँकी छ,’ एसपी बोहराले भने।
उक्त बस ब्रेक फेल भएर आफैं दुर्घटनामा परेको अनुमान गरिएको छ । स्कुलले पिकनिकका लागि उक्त बस रिजर्भ लगेको थियो ।































