अमेरिकामा समता स्कुलका संस्थापक उत्तम सञ्जेल सम्मानित

काठमाडौं । अमेरिकामा समता स्कुलका संस्थापक उत्तम सञ्जेल सम्मानित भएका छन् ।

शिक्षा क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै न्यूयोर्क राज्य विधानसभाकी सदस्य जेनिफर राजकुमारद्वारा सञ्जेललाई समुदाय र न्यूयोर्क राज्यको तर्फबाट सम्मान गरिएको हो ।

सञ्जेलले नर्सरीदेखि स्नातकोत्तरसम्म मासिक रु १०० रुपैयाँ लिएर विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिइरहेका छन् ।

उत्कृष्ट उपलब्धि र योगदानको कदर गर्दै, उनलाई अमेरिकाले एक अनुकरणीय सामाजिक अभियन्ता र शिक्षाविद् घोषणा समेत गरेको छ ।
यसअघि वल्ड बुक अफ रेकर्डस लण्डनले २०२१ को अवार्ड पनि सञ्जेललाई प्रदान गरेको थियो ।

समता स्कुल नेपाल भरका सबैजसो जिल्लामा छ । विदेशका १० वटा र सार्क राष्ट्रहरुमा पनि समता स्कुल सञ्‍चालनमा छन् ।

समता स्कुलमा पढेका लाखौँ विद्यार्थीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । समता स्कुलमै पढेर स्कुलकै शिक्षकका रुपमा विद्यार्थीहरुलाई पढाइरहेका छन् ।
शिक्षा क्षेत्रमा सञ्जेलको सिंगो जिवन नै समर्पित छ ।