रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतको आदेश

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेलाई रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न प्रहरीले रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको च:मतिस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगेको थियो।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।