नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ। सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प ७ म्याग्नेच्युडको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएका छन्।
बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि नागरिकहरु सडकमा निस्किएका थिए ।